Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उर्लिएको भेरीनदीमा महिला हाम फालेपछि...

उर्लिएको भेरीनदीमा महिला हाम फालेपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७८ बिहिवार • १६:४३:०३ बजे
  • 1.0K
    SHARES
  • उर्लिएको भेरीनदीमा महिला हाम फालेपछि...

    कर्णालीमा वर्षा भईरहेको छ,वर्षाको कारण पानीको बहाव बढ्दा भेरी नदी उर्लिएको छ । दिउँसो झण्डै साढे २ बजेतिरको समय ।

    images

    वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हाम फाल्न पुगिन् । नदीको एक किनारमा शव जलाउने ठाउँ छ ।

    त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रोक्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हाम फालेको बताइन् । नदी किनारामा उनका केही कागज र कपडा छन् ।

    प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्रहरीलाई खबर गरेका छौँ ।’ प्रहरीका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले महिला नदीमा बेपत्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए ।

     

  • सम्बन्धित विषय:

  • # उर्लिएको भेरीनदीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology