Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृ-त्यु

२४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृ-त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७८ बिहिवार • १९:१०:३२ बजे
  • 1.1K
    SHARES
  • २४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृ-त्यु

    पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृ-त्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।

    "मोडर्ना र फाइजर खोप खरिदको बाटो खुल्यो"

    औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको मोडर्ना र फाइजर खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । यी दुई खोपलाई बुधबार आपत्कालीन प्रयोगको लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

    यो खोप सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रयोग गर्ने तयारी गरेको छ । त्यस अनुसार स्वास्थ्य मन्त्रालयले सम्झौतासमेत गरिसकेको छ ।

    ६० लाख डोज फाइजर २०२२ को जनवरी र ४० लाख डोज मोडर्ना मार्चसम्ममा नेपाल आइपुग्ने व्यवस्थापन महाशाखाले जनाएको छ ।

    फाइजरको लागि माइनस ६० देखि ८०(अल्टा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस १५ देखि डिग्री तापक्रममा भन्डार गर्नुपर्ने हुन्छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology