Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

असोज १० गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाइने

असोज १० गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • १८:०६:२८ बजे
  • 1.2K
    SHARES
  • असोज १० गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाइने

    दसैँका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो ।

    images

    यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ असोज १० गतेदेखि खुलाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

    व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन् । भाडा समायोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डा.भुसालको भनाई छ ।

    लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडा दरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिने उनको भनाई छ ।

    कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ । जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाको भनाई छ । 

    “गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो । यस वर्ष पनि सबैलाई घरघरमा पुर्याइनेछ ।

    हरेक वर्ष चाडपर्व पहिले नै भाडा समायोजनका विषयमा चर्चा हुने गरेकामा यस वर्ष पनि कतिपय प्रदेश र स्थानीय सरकारले भाडा समायोजन नभएकाले चाँडो गर्न सम्बन्ध सरकारलाई महासङ्घले माग गर्दै आएको छ ।

    कोभिडकै कारण गत वर्ष अग्रिम टिकट नखुलाइए पनि यात्रुलाई गन्तव्यमा पुग्न कुनै समस्या नभएको महासचिव सिटौलाले बताए । अहिले पनि काम नभएका वा छिट्टै फर्कन मिल्ने व्यक्ति घर फर्कँदै गर्दा दशैँको मुखमा हुने भीड कम हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology