Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुल्मीमा देखिन थाले सापु रोगका बिरामी

गुल्मीमा देखिन थाले सापु रोगका बिरामी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • २२:१५:४८ बजे
  • 970
    SHARES
  • गुल्मीमा देखिन थाले सापु रोगका बिरामी

    गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् ।

    images

    आँखा उपचार केन्द्र्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ ।

    तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक÷एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन् ।

    सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिए ।

    सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले जनाएको छ । अहिले पनि दैनिक तीन-चार जनाको सङ्ख्यामा सापु रोगको शङ्कामा बिरामी आउने गरेको बस्नेतले जानकारी दिए ।

    सापुको शङ्का लाग्नेबित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बस्नेतले र अटेरी गरेमा आँखाको ज्योति नै गुम्न सक्ने बताए ।

  • सम्बन्धित विषय:

  • # सापु रोगका बिरामी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology