कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ललितपुरमा दुईजनाको मृत्यु भएको छ । केही दिनदेखि पाटन अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
news update live
ललितपुर प्रहरीका अनुसार, सर्लाहीका ४३ वर्षीय पुरुष र भैरहवाका ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । दाहसंस्कारका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ ।