धानखेतमा जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृ-त्यु भएको छ ।
छिमेकीले जंगली बँदेल र हात्ती धपाउन राखेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृ-त्यु भएको प्रहरीले जनाएको छ।
गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्या-न गएको हो ।
धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृ-तक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाही (क)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिले जनाएको छ ।
धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्या-न गएको थियो ।