म्याग्देलीहरुको साझा संस्था मोना जापानको ७ औ अधिबेसनको पुर्व सन्ध्यामा अधिबेसनलाई लिएर चरम बिबाद देखिएको छ।
मोना राष्ट्रिय समिती जापान र निर्बाचन समितीले महाअधिबेसनको केही दिन पहिला सार्बजनिक गरेको प्रस्ताबित महाअधिबेसनआचरसंहितालाई लिएर क्षेत्रिय समिती र राष्ट्रिय समितीका बिचमा बिबाद शुरु भएको हो।
मोना जापानको प्रस्ताबित बिधानको क्षेत्रिय समिती सम्बन्धी प्राबधानमा क्षेत्रिय समितीहरुलाई अनाबश्यक हस्तक्षेप गर्ने प्राबधानराखेपछी सबै क्षेत्रिय समितीले अनाबश्यक हस्तक्षेप गर्ने प्राबधान नराख्न अनुरोध गर्दै आएका थिए।
पटक पटक राष्ट्रिय समिती रनिर्बाचन समितीलाई क्षेत्र मैत्री बिेधान बनाउन अनुरोध गरेका थियौ तर कार्यसमितीका केही मान्छेहरु आफ्नो पद जोगाऊनकै लागीक्षेत्रलाई हस्तक्षेप गर्ने र नयॅा मान्छेलाई नेतृत्वतहमा आउनै बन्देज लगाऊने नियतले जबरजस्ती अधिबेसन गर्ने र बिधान पास गर्ने तयारीगरे पछी मोना जापान अन्तरगतका सबै क्षेत्रिय समितीका अध्यक्षहरुले आज बिज्ञप्ती जारी गरेर अधिबेसनमा सहभागी नहुने घोषणागरेको मोना क्षत्रिय समिती सेन्दाईका अध्यक्ष अश्विन भण्डारीले जानकारी दिएका छन।
क्युस्यु क्षेत्रिय समिती अध्यक्ष उज्जवल बॅानिया,सेन्दाई क्षेत्रिय समिती अध्यक्ष अश्विन भण्डारी,नागोया क्षेत्रिय समिती अध्यक्ष रामसंजिवनी किसान,सिजुओका क्षेत्रिय समितीका अध्यक्ष तुल चोचांगी सहित क्षेत्रिय समितीका पुर्व अध्यक्षहरु कमल बॅानिया र रुपेशचोचांगीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा संस्थाको विधान र संस्थाको सांगठनीक संरचनाप्रति हामी सम्पुर्ण क्षेत्रीय समितिहरुको गम्भीरअसहमति रहेको र असहमति रहेका बुँदा र प्रावधान थपघट र परिमार्जन गर्न पटक पटक लिखित तथा मौखिक आग्रह र अनुरोध गर्दागर्दैपनि कुनै सुनुवाइ नगरी गैह्र संस्थागत तवरले एकलौटी रुपमा गर्न लागिएको महाधिवेशन र महाधिवेशन नामको सेटिङ्गप्रति हाम्रोगम्भिर ध्यानाकर्षण भएको भनेर उल्लेख गरिएको छ।