पोखरा । चर्चित लोक गायिका विष्णु माझी राष्ट्रपतिबाट विभुषित हुने भएको छ ।
संविधान दिवसको अवसरमा सरकारले उनलाई विभुषण प्रदान गर्न लागेको हो ।
नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण पाउने व्यक्तिको सूचीमा राखेको छ । यो वर्ष राष्ट्रपतिबाट विभुषित हुने उनी एक्लो गायिका हुन् ।
यस वर्षको तीज गीत चरि जेलैमाबाट गायिका माझीको चर्चा थप चुलिएको छ ।
उनी झण्डै एकदशकदेखि भूमिगत जीवन बिताउदै छिन् ।
यस्तै नायिका केकी अधिकारी पनि सरकारबाट विभुषण पाउनेको सूचीमा छन् ।
सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ ।
उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिन्छ ।