पोखरा। पछिल्लो समय नेपालमा काेराेना संक्रमणकाे दर घट्दै गएकाे छ ।
पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् ।
जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।