Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सङ्खुवासभा ह'त्या का-ण्डः चार जना अनुसन्धानमा तानिए

सङ्खुवासभा ह'त्या का-ण्डः चार जना अनुसन्धानमा तानिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • १९:५९:२१ बजे
  • 1.2K
    SHARES
  • सङ्खुवासभा ह'त्या का-ण्डः चार जना अनुसन्धानमा तानिए

    सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक ह-त्या-मा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।

    images

    एकै परिवारका छ जनाको ह-त्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

    घ'ट'ना'मा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङकामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले प'क्रा'उ गरिसकेको छ ।

    नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए । मृ-त-क रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ ।

    घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए ।

    गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह-त्या भएको थियो ।

    लोकबहादुरले छ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । ह-त्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए ।

    सङ्खुवासभा प्रहरीले घ-ट-ना-को सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई प-क्रा-उ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घ-ट-ना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology