Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कालोसूचीमा परेका ठेकदारलाई समेत विभूषण पदक

कालोसूचीमा परेका ठेकदारलाई समेत विभूषण पदक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • ०९:५३:२४ बजे
  • 1.3K
    SHARES
  • कालोसूचीमा परेका ठेकदारलाई समेत विभूषण पदक

    यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ ।

    images

    सरकारले संविधान दिवसको अवसर पारेर आइतबार मानपदवी, अलङ्कार र विभूषण प्राप्त गर्ने व्यक्तिको सूची सार्वजनिक गरेको हो । यसपटक पनि पदक वितरणको मामिलामा सरकार यसअघिका वर्षहरूमा झैं विवादमा फसेको छ ।

    सरकारले सार्वजनिक गरेको पदक प्राप्त गर्ने व्यक्तिको सूचीमा कालोसूचीमा परेका एक व्यवसायीको नाम पनि परेको छ ।

    सरकारबाट मल ल्याउने ठेक्का पाएर पनि मल नल्याएको आरोपमा कालोसूचीमा परेको होनिका मल्टिपल प्राइभेट लिमिटेडका सञ्चालक हुमनाथ कोइरालाको नाम पनि परेको छ ।

    ठेकेदार कोइरालाको नाम प्रबल जनसेवाश्री विभूषण प्राप्त गर्ने व्यक्तिको सूचीमा परेकोे छ । होनिका मल्टिपललाई गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

    "यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ" ।

  • सम्बन्धित विषय:

  • # कालोसूची
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology