Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यसरी बनेको थियो संखुवासभाको मादी सामूहिक ह'त्याको योजना,मुख्य योजनाकार प'क्राउ

यसरी बनेको थियो संखुवासभाको मादी सामूहिक ह'त्याको योजना,मुख्य योजनाकार प'क्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १३:०१:२८ बजे
  • 1.6K
    SHARES
  • यसरी बनेको थियो संखुवासभाको मादी सामूहिक ह'त्याको योजना,मुख्य योजनाकार प'क्राउ

    संखुवासभाको मादी सा-मू-हि-क ह-त्या-का-ण्ड योजनाबद्ध रुपमा भएको रहस्य खुलेको छ । कुनै आवेगमा मात्र नभई सामूहिक रुपमा मिलेर परिवारकै ह-त्या गर्ने योजना बनेको मुख्य योजनाकार प-क्रा-उ परेपछि थाहा भएको छ । संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामूहिक ह-त्या-का-ण्ड एउटा समुहले योजनाबद्ध रुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

    images

    घ-ट-ना-को थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण कुमार विसीको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय (रिट) का प्रहरी निरिक्षक बविन्द्र नेम्बाङ सहितको संयुक्त अनुसन्धान टोली निरन्तर रूपमा थप अनुसन्धानमा जुटेका थिए ।

    सो टोलीले थप तथ्य र घटनाको मुख्य योजनाकारसहित मादी नगरपालिका वडा नं. १ उम्लिङ खोला गाउँ वस्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    पक्राउ पर्नेहरुमा वर्ष ४७ को खड्गबहादुर कार्की (मुख्य योजनाकार), उनकै छोरा वर्ष २८ को हस्तबहादुर कार्की, मुख्य अभियुक्त भनिएका लोकबहादुर कार्कीका बुवा वर्ष ४९ को रणबहादुर कार्की र उनका भाई १७ वर्षीय नरेश कार्की रहेको प्रहरीले जनाएको छ ।

    "यसरी बन्यो सामूहिक ह-त्या योजना"

     हत्या योजना सामूहिक रुपमा बसेर बनाएको खुलेको छ । अभियुक्तहरु ५ जनाको समूहले घटाएको घटनाएको प्रहरीको भनाइ छ । यो योजना अभियुक्त लोकबहादुर कार्कीको घरमा घ-ट-ना-को अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्की सहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसेर बनाएका थिए ।

    योजना अनुसार, घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकवहादुरको घरमा आउने र सोही मौका छोपी तेजकुमार र कमला कार्कीको ह-त्या गर्ने योजना थियो । त्यस्तै अन्यले थाहा पाए भने उनीहरूको पनि ह-त्या गर्ने र अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना बनाए ।

    घटनाको दिन मृ-त-क-को पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्गवहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित थियो । योजना अनुसार मृतक तेजकुमार बिहान आउने निस्चित गर्न खड्गबहादुर विहान ५ बजे तेजकुमारको घरमा गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेजकुमारलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गर्छन् ।

    खड्गबहादुर त्यसपछि घरतर्फ फर्केको र तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर तेजबहादुरको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृ-तक- तेजकुमार बिहान ५ बजे उठी लोकबहादुरको घरमा खेताला निस्चित गर्न गई सुतिरहेको लोकहादुर लाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाई नरेश कार्की र बावु रणबहादुर समेत घरमै थिए ।

    घरबाट फर्कने क्रममा योजना अनुसार लोकबहादुरले भाई नरेशलाई ईसारा गरी आफुले दाउराको चिर्पट र अलैची काट्ने च-क्कु बोकी पछि–पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृ-त-क तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट लिई आई तेज कुमारमाथि प्रहार गरेको र हस्तबहादुरले च-क्कु-ले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी ह-त्या गरेर घोप्टो पारेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

    घ-ट-ना-को बेला मृ-त-क-ले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुनेपछि “मेरो श्रीमानलाई नमार” भन्दै तेजकुमारको श्रीमति र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए ।

    त्यसपछि बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्कबहादुर, लोकबहादुर र हस्तबहादुर मिली ह-त्या गरेका थिए । मृ-त-क रञ्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेका थिए । उक्त घटनाको बेला मृ-त-क नावालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखे ।

    हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेर लोकबहादुरले चिर्पटले हिर्काई घाँ-टी ब-टा-री ह-त्या गरेको अनुसन्धानबाट खुलेको छ । त्यसपछि पाँचैजना अभियुक्तहरू मृतकको घरतर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्तबहादुरले समाती घर पछाडिको गोठ नजिक लगेर लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँ-टी ब-टा-री ह-त्या गरेको र सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छु-री बोकी लोकहादुरको घरमा गई लागेको र-ग-त पखाली छु-री धोएर बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, र-ग-त लागेको कपडाहरू समेत लुकाएका थिए ।

    खड्गबहादुर र निजको छोरा हस्तबहादुर घरतर्फ गए । फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको थियो ।

    पुनः खड्गबहादुर र निजको छोरा हस्तबहादुर लोकबहादुरको घरमा गई सबे जना मिलेर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने सल्लाह गरेका थिए ।

    प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केका थिए । घटनामा संलग्न थप चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छु-री, कपडा र हराएको मोवाईल समेत बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

    घटनाका मुख्य कारण अभियुक्तहरूमध्ये खड्गबहादुर नियमित रूपमा रक्सी पिउँथे । घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गर्ने, गाली गलौज गर्ने र तेज कुमारले सधै गाली गर्थे । तेजकुमारले ‘तँ जड्याहा किन यसो गर्छस ?’ भन्दै हप्काउँथे । खड्गबहादुरले पनि ‘तलाई के मतलव, तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए ।

     तेजकुमारले लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस’ भन्ने नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भईस’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेव्रो केही गर्ने सक्दैनस’ भन्ने गरेका थिए ।

    तेजकुमारले जहिले पनि हेप्ने र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भन्दै अभियुक्तहरुले मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृ-त-कको खेतमा खेताला जानुपर्ने कारण सोही मौका छोपी योजना बनाएर ह-त्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology