Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी-पहिरो पीडित स्थानीयले बुटवल उपमहानगरपालिका प्रमुखमाथि मुक्का प्रहार

बाढी-पहिरो पीडित स्थानीयले बुटवल उपमहानगरपालिका प्रमुखमाथि मुक्का प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १६:३०:४८ बजे
  • 1.2K
    SHARES
  • बाढी-पहिरो पीडित स्थानीयले बुटवल उपमहानगरपालिका प्रमुखमाथि मुक्का प्रहार

    बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ ।

    images

    बाढी-पहिरो पीडितबाट प्रमुख सुवेदीमाथि सोमबार हातपात भएका हो । मेयर सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए ।

     पहिरो रोकथाम र पीडित जनतालाई राहात नदिएको भन्दै स्थानीयद्वारा उनीमाथि मुक्का प्रहार भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाले पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका छन् ।

    प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

    नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीकाबीच रहेपनि आक्रोशित स्थानीयले उनीमाथि मुक्का प्रहार गरेका हु्न् । उक्त स्थानमा पहिरो गइरहेको र केही घरमा क्षतिसमेत पुगेको स्थानीयले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # मुक्का प्रहार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology