Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जाबाट ६६ हजारसहित सात जुवाडे पक्राउ

स्याङ्जाबाट ६६ हजारसहित सात जुवाडे पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७८ सोमवार • २१:४३:५५ बजे
  • 1.1K
    SHARES
  • स्याङ्जाबाट ६६ हजारसहित सात जुवाडे पक्राउ

    स्याङ्जा । जिल्लाको पुतलीबजारबाट सात जुवाडे पक्राउ परेका छन् ।

    images

     

    पुतलीबजार नगरपालिका १३ भालुकुनास्थित तुलबहादुर थापाको घरबाट आइतबार साँझ ५ बजे सात जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकरी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    पक्राउ परेकाहरूबाट ६६ हजार ५ सय ६५ रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

    विशेष सूचनाको आधारमा थापाको घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ गरेका सात जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology