Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संखुवासभा हत्याकाण्ड : घटनामा संलग्न भएको आरोपमा थप चार जनालाइ प्रहरीले गर्यो सार्वजनिक

संखुवासभा हत्याकाण्ड : घटनामा संलग्न भएको आरोपमा थप चार जनालाइ प्रहरीले गर्यो सार्वजनिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ५, २०७८ मंगलवार • ०६:१०:०४ बजे
  • 1.1K
    SHARES
  • संखुवासभा हत्याकाण्ड : घटनामा संलग्न भएको आरोपमा थप चार जनालाइ प्रहरीले गर्यो सार्वजनिक

    संखुवासभा  संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलाका एकै परिवारका ६ जनाको सा-मूहिक ह-त्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् ।

    images

     

    प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट ह-त्याका-ण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाले ह-त्यामा सं-लग्न थप चारजनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

    गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको ह-त्या भएको थियो ।

    एकै परिवारका ६ जनाको ह-त्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । लोकबहादुरको बयानका आधारमा प्रहरीले थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका चारैजना मृ-तक तेजबहादुरका छिमेकी हुन् । कसरी घट्यो घ-टना घटना हुनु अघिल्लो राति सबैजना मिलेर तेजबहादुर कार्कीको ह-त्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    गत २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलाको ह-त्या गर्ने र घटना अन्यले थाहा पाए उनीहरुको पनि ह-त्या गर्ने योजना अभियुक्तहरुले अघिल्लो दिनमै बुनेको प्रहरी अनुसन्धानले देखाएको छ ।

    घटना योजनावद्धढंगबाट ५ जनाको समूहले घटाएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो दिन राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसेर बुनेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनाको दिन २१ गते विहान मृ-तक तेक कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घर आएको बेला हत्या गरेको र अनुकूल मिले तेज कुमारको घरमा भएको धनमाल समते लुट्ने योजना बुनेको अनुसन्धानले देखाएको छ ।

    घटनाका बेला मृतकले ‘लोकेले मा-र्‍यो मलाई न-मार’ भन्दै गरेको हा-र गु-हार सुनेपछि ‘मेरो श्रीमानलाई न-मा-र’ भन्दै तेजबहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमलालाई प्र-हार गरेको, हस्तबहादुरले कमलाको घाँ-टीमा छु-रा प्र-हार गरेको र बुहारी रंजनालाई नरेशले ठेलेर खोल्सामा झा-रेको अनुसन्धानबाट खुलेको छ ।

    खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर उनीहरुले हत्या गरेको खुलेको हो । यसैगरी मृतक रंजनाको शव रणबहादुर र नरेशले कमलाको श-व भएको स्थानसम्म पुर्‍याएको अभियुक्त अभियुक्त लोकबहादुरले प्रहरी बयानका क्रममा भनेका हुन् ।

    उनीहरुले घटनाको बेला मृ-तक नावलकहरु दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखेपछि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोकबहादुरले चिर्पटले हिर्काएर घाँ-टी ब-टारेर ह-त्या ग-रेको अनुसन्धानबाट खुलेको छ ।

    त्यसपछि उनीहरु मृ-तकको घरमा गएर ८४ वर्षीयका पार्वती कार्कीको समेत ह-त्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । घरमा काम गरीरहेकी पार्वतीलाई हस्तबहादुरले समाती घर पछाडिको गोठ नजिक लगेर लोक बहादुरले टा-उको भि-त्तामा ठो-काइ घाँ-टी ब-टारी ह-त्या ग-रेको प्रहरीसँगको बयानका क्रममा अभियुक्त लोकबहादुरले भनेका हुन् ।

    प्रहरीले घटनामा संलग्न सबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धानका क्रममा सबै अभियुक्तहरुले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    यस्तो छ घटना घट्नुको कारण

    प्रहरी अनुसन्धानले देखाए अनुसार अभियुक्तहरुमध्ये खड्गबहादुर नियमित र-क्सी खाने गरेका थिए । उनले घरमा श्रीमती र परिवारका सदस्यलाई कु-टपी-ट तथा गा-ली ग-लौज गर्ने गरेका थिए । तेज कुमारले उनलाई ‘तँ जड्याहा किन यसो गर्छस्’ भनी गा-ली गर्ने गरेको र खड्ग बहादुरले पनि ‘तँलाई के मतलब तँ-लाई मा-र्छु’ भन्दै झ-गडा गर्ने गरेको र लोक बहादुरलाई ‘तँ पाग-ल, अल्छी, केही गर्न सक्दैनस्’ भन्ने गरेको खुलेको छ । नरेशलाई “तँ डु-डे काम नलाग्ने भइस्” भन्ने र रणबहादुलाई समेत ‘त ल-ठेब्रो केही गर्न सक्दैनस्’ भन्ने गरेको खुलेको छ । जहिले पनि उनले हे-प्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको हुँदा मनमा ‘इख’ पालेका कारण घटना घटेको प्रहरीले अनुसन्धानले देखाएको छ ।

    यस्तो छ प्रहरीको विवरण

    hatya.jpg222.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology