Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध

तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • ०९:४९:१२ बजे
  • 907
    SHARES
  • तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध

    तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    images

    उक्त स्थानमा असार र साउन महिनामा पटक–पटक पहिरो खस्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

    माथिबाट पहिरो र रुख एकैसाथ खस्दा सडक अवरुद्ध भएकाले पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजर र टिपर मगाइएको पुर्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षण कबिन्द्र गुरुङले जानकारी दिनुभयो ।

    "बिहानै"देखि पहिरो पन्छाउनका लागि डोजर र टिपर पठाइदिन फोन गरे पनि फोन नउठेकाले ढिलाइ भएको उहाँले बताउनुभयो ।

    पछिल्लो समय सम्पर्क गर्दा डोजर र टिपर हिँडिसकेको जानकारी पाएकाले केही समयपछि अवरुद्ध सडक खुलाइने उहाँले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # सडकखण्ड अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology