कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अब कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश भने दिएन ।
नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।
मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचिमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको हो ।
यसअघि भदौ २५ गते रिट प्रधानन्यायाधीश राणाकै इजलासमा पेसीमा चढेको भएपनि निवेदकको मागका आधारमा सुनुवाइ सरेको थियो ।