Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संक्रमितको संख्यामा कमी हुदैगए पछि उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले

संक्रमितको संख्यामा कमी हुदैगए पछि उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • ०९:४६:५० बजे
  • 1.2K
    SHARES
  • संक्रमितको संख्यामा कमी हुदैगए पछि उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले

    उपत्यकाका केही स्थानीय तहहरुले कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको र आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएसँगै आइसोलेसन केन्द्र घटाउदै लगेका छन् ।

    images

    काठमाडौंं महानगपालिकाले कोरोना संक्रमणको दोस्रो लहरमा छुट्याएको ३५० बेडहरु सबै खाली गरिएको जनाएको छ ।

    पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु होम आइसोलेसनमै बस्न चाहेकाकारण आइसोलेसन केन्द्रहरु तत्कालका लागि खाली गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो ।

    हाललाई सेवा स्थगित गरिएका आइसोलेसन केन्द्रहरु आवश्यक परेमा तत्काल महानगरले आइसोलेसन केन्द्रको स्थापना गर्नसक्ने उहाँको भनाइ छ ।

    यता, ललितपुर महानगरपालिकामा पनि आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको छ ।

    महानगरमा ११० बेडको आइसोलेसनमा अहिले जम्मा २३ जनामात्र कोरोनाका संक्रमित विरामी रहेको मेयर चिरिबाबु महर्जनले बताउनुभयो । "यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ "।

  • सम्बन्धित विषय:

  • # उपत्यका
  • # संक्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology