Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध ,गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध ,गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १०:०१:२७ बजे
  • 1.3K
    SHARES
  • पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध ,गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध ,पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु चितवनको घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    images

    इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा गएराती पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। आज बिहान ५ बजेबाट पहिरो पन्छाउन सुरु गरिएको चितवन ट्राफिकले जानकारी दिएको छ ।

    आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि गएरातीदेखि नै जाममा परेका सवारी साधनको दुवैतर्फ लामो लाइन लागेको छ ।

    "गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु"

    गुल्मीमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षीया जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

    घरमाथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीनै जना दिदीबहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए । स्थानीय तिलक परियारको घरमा ६ जनाको परिवार थियो ।

    जसमध्ये ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव आज बिहान साढे ४ बजे निकालेर पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

    गएराति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईको नेतृत्वमा २५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # तीन जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology