Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वडाध्यक्ष नभेटेको झोकमा वडा कार्यालयमा आगजनी

वडाध्यक्ष नभेटेको झोकमा वडा कार्यालयमा आगजनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १६:२४:४७ बजे
  • 1.1K
    SHARES
  • वडाध्यक्ष नभेटेको झोकमा वडा कार्यालयमा आगजनी

    सुर्खेतमा वडा कार्यालय आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार बिहान आगजनी गरेका हुन् ।

    images

    प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।

    आगजनीबाट कार्यालयको कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए ।

    बुधबार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजानी भएको उनले बताए । प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

    लामिछानेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका "प्रहरी निरीक्षक कनक शाही"ले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # आगजनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology