Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए १४७८ संक्रमित, ६ जनाकाे मृत्यु

२४ घन्टामा थपिए १४७८ संक्रमित, ६ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १७:३४:२३ बजे
  • 901
    SHARES
  • २४ घन्टामा थपिए १४७८ संक्रमित, ६ जनाकाे मृत्यु

    नेपालमा २४ घन्टाको अवधिमा १ हजार ४७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६७ आरटी पिसिआर र २ हजार ८६३ एन्टिजेन गरी कुल १३ हजार ९३० जनामा परीक्षण गरिएकोमा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर २१ हजार १३९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ संस्थागत आइसोलेसनमा र २४३ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३४ जना र भेन्टिलेटरमा ११९ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार बुधबार देशभरबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । निको हुने दर ९५.९ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा ६ जनाको "संक्रमणबाट मृत्यु भएको भएको छ" । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology