Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रूपा सुनारमाथि ‘जातीय विभेद’ भएको भन्दै घरबेटीलाई धरौटी तिर्न अदालतको आदेश

रूपा सुनारमाथि ‘जातीय विभेद’ भएको भन्दै घरबेटीलाई धरौटी तिर्न अदालतको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • १०:४२:३३ बजे
  • 1.4K
    SHARES
  • रूपा सुनारमाथि ‘जातीय विभेद’ भएको भन्दै घरबेटीलाई धरौटी तिर्न अदालतको आदेश

    जिल्ला अदालत काठमाडौंले तनहुँकी रूपा सुनारमाथि विभेद गरेको भन्दै घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ ।

    images

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई धरौटी तिर्न आदेश दिएको हो ।

    केही दिन अगाडि नै सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा अदालतमा दायर गरेको भएतापनि बुधबार (आज) मात्रै घरबेटी प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको हो ।

    गत असारमा कोठा हेर्न गएकी रुपा सुनारले आफू कामीकी छोरी बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेकी आरोप लागेको थियो ।

    त्यसपछि रुपाले आफूमाथि जातीय विभेद भएको भन्दै घरबेटी प्रधानविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

    त्यसपछि प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । साथै घरबेटी प्रधानमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    यता सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो, भने घरबेटी प्रधान हिरासतमुक्त भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # रूपा सुनार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology