Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रदेश २ मा डिआइजीको नाममा घुस

प्रदेश २ मा डिआइजीको नाममा घुस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • ११:११:०९ बजे
  • 673
    SHARES
  • प्रदेश २ मा डिआइजीको नाममा घुस

    प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ।

    images

    रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो। सो अडियो सार्वजनिक भएको छ।

    पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा छ लाख रूपैयाँ माग गरेको अडियोसहित उजुरीसमेत परेको छ।

    विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका उदेशकुमार पाण्डेसँग स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै शर्मिला थापा दाहालले प्रदेश २ प्रहरी प्रमुख डिआइजी रन्जितकारको नाममा मोलमोलाइ गरेकी थिइन्।

    उनीसँग यो विषयमा बुझन खोज्दा सम्पर्क हुन सकेन।

    तर डिआइजी रन्जितकारले ती महिला आफूले नचिनेको बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # डिआइजीको नाममा घुस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology