Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • १६:४९:१९ बजे
  • 919
    SHARES
  • पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् ।

    जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन् ।

    यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन् ।

    नेपालमा निको हुने दर ९६ प्रतिशत पुगेको छ । कोभिड–१९ को संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् ।

    नेपालमा मृत्यु दर १।४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ३८ हजार ३८५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    हालसम्म ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology