Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमसुक गरेर विवाह

तमसुक गरेर विवाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७८ शुक्रवार • ०९:०८:३२ बजे
  • 1.4K
    SHARES
  • तमसुक गरेर विवाह

    सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो।

    images

    विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे। दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ।

    सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ।

    जसमा लेखिएको छ– ‘श्रीमान्ले श्रीमतीसँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार गरेमा तपसीलमा लेखिएको दहेजका सरसामानहरू दैन मोहरसमेत इस्लाम धर्मको अधिनमा रही मुलुकी ऐनको स्त्री अंश महलको दफा उपदफामा उल्लेख भएअनुसार असुल गराई लिनू।’

    नइम बिहेको दुई महिना नबित्दै वैदेशिक रोजगारीका लागि कतारतिर उडे। ‘बिहे भएको महिना नबित्दै घरमा दुःख दिन थालेको थियो।

    श्रीमान् पनि विदेश गयो। विदेश जान रोक्न खोज्दा पनि मानेन। थाहै नदिई गयो’, तवसुमले भनिन्, ‘विदेश गएपछि झन् सम्पर्क, कुराकानी केही गर्न मानेन।

    यता घरमा सासू–ससुराले पीडा दिन थाल्यो।’ उनी बुबाआमासँग सम्पर्क गरी माइत आएर बस्न थालिन्। पछि गाउँका अगुवाले छलफल गरी सासू–ससुरासँगै बस्न पठाएको उनले सुनाइन्।

    ‘केही महिना नपुग्दै फेरि पहिलेजस्तै दुःख दिन थालेपछि माइत फर्केर आएँ। श्रीमान् पनि सम्पर्कविहीन भयो। सासू–ससुराले धाकधम्की हिंसा गर्न छाडेनन्’, उनले भनिन्, ‘मेरो बुबाले गाउँका अगुवा, वडाध्यक्षलाई घटना मिलाइदिन आग्रह गरे।

    तर, अगुवाहरूले केटा पक्षको दबाबमा सम्बन्ध विच्छेद (तलाक) को निवेदन हाल्न लगायो।’ उनले २०७७ मंसिर ४ गते लहान नगरपालिका–५ को वडा कार्यालयमा निवेदन दिइन्। वडा कार्यालयमै मंसिर ८ गते सम्बन्ध विच्छेदको कागज बन्यो।

    नइम भने विदेशमै थिए। छोडपत्रमा उनका बुबाले हस्ताक्षर गरेको पाइएको छ। त्यसमा तवसुमको अंश भागमा पर्ने चलअचल सम्पत्तिबापत १ लाख ५१ हजार रुपैयाँ ‘बुझिलिई’ भनेर लेखिएको छ। तर, विवाहनामाको सर्त उल्लेख छैन।

    समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # तमसुकमा बिहे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology