Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नारायणहिटी संग्रहालयमा राखिएको राजाको श्रीपेच लगाउन खोज्ने रुकुम पश्चिमका युवक पक्राउ

नारायणहिटी संग्रहालयमा राखिएको राजाको श्रीपेच लगाउन खोज्ने रुकुम पश्चिमका युवक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७८ शुक्रवार • १५:०४:१७ बजे
  • 1.7K
    SHARES
  • नारायणहिटी संग्रहालयमा राखिएको राजाको श्रीपेच लगाउन खोज्ने रुकुम पश्चिमका युवक पक्राउ

    नारायण हिटी दरबार सर्वसाधारणको लागी अवलोकन गर्न राखिएको राजाको श्रीपेच लगाउन खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    शुक्रवार संग्राहलय घुम्न भनी छिरेका रुकुम पश्चिम मुसिकोटका २५ बर्षीय खेमबहादुर भण्डारीलाई पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

    घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।

    तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

    श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ उनले भने ।

    उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ, दाहालले भने, उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।

    म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # राजाको श्रीपेच
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology