Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १४७६ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

थप १४७६ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७८ शुक्रवार • २२:३५:१६ बजे
  • 1.0K
    SHARES
  • थप १४७६ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८० हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा १५५० जना कोरोनामुक्त भए, ९ को मृत्यु कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५० जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ६९० जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ०३ हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा "कोरोना संक्रमण"बाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology