Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताप्लेजुङमा १८ वर्षीया युवती मृ त फेला

ताप्लेजुङमा १८ वर्षीया युवती मृ त फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • ११:४१:५५ बजे
  • 598
    SHARES
  • ताप्लेजुङमा १८ वर्षीया युवती मृ त फेला

    ताप्लेजुङमा दुध पुर्‍याउन हिँडेकी १८ वर्षीया युवती मृ त भेटिएकी छन् । भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवती मृ त भेटिएकी हुन् ।

    images

    फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भइ फुङलिङ नगरपालिका–६ बिहीबारे बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान मृ त भेटिएकी हुन् ।

    दुध पुर्‍याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै गरेका स्थानीयले युवती भिरमा लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवकाअनुसार उनको शव फुङलिङ नगरपालिका–७ दोखु सिरानको भिरको फेदमा थियो ।

    “करिब १०० मिटरमाथि अग्लो पहरो भएको ठाउँबाट तल झरेको देखिएको छ,” प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले भने,“उनको ज्याकेट पहरोमा अड्किएको र घटनास्थलमा मेटासिटको बोतल भेटिएको छ ।

    मेटासिटको गन्ध आएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले ज्याकेट र बोतल बरामद गरेको हो । झरेको ठाउँ कतै माडिएको अवस्थामा पनि भेटिएको प्रहरीले जनाएको छ ।

    शरीरभरि चोटपटक रहेको उनी बिहीबार राति १२ बजेसम्म घरमै रहेको परिवारले बताएको छ । दिदीहरुसँगै बस्दै आएकी उनको आत्महत्या हो या कर्तव्य भन्ने विषयमा अनुसन्धान भइरहेको यादवले बताए ।

    अब पोस्टमार्टम रिपोर्ट पनि आउँछ र हामी "कल डिटेल" पनि हेर्छौँ,” यादवले भने,“तीन/चार दिनमा विस्तृत विवरण प्राप्त हुन्छ ।” उनको श व जिल्ला अस्पतालको श व गृहमा राखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology