Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सोमबार ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

सोमबार ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७७ सोमवार • १७:२०:२७ बजे
  • 2.0K
    SHARES
  • सोमबार  ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

    मयूरपाटी –सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।
    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

    आज पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए ।

    यस्तै आरडिटी विधिबाट आज ५ हजार ९ सय २९ गररी २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन् । ७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology