Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खेमबहादुर घर्तीले भने-श्रीपेच लगाएर नारायणहिटीबाट शासन चलाउन मन लाग्यो

खेमबहादुर घर्तीले भने-श्रीपेच लगाएर नारायणहिटीबाट शासन चलाउन मन लाग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १५:०१:४८ बजे
  • 1.4K
    SHARES
  • खेमबहादुर घर्तीले भने-श्रीपेच लगाएर नारायणहिटीबाट शासन चलाउन मन लाग्यो

     रुकुममा खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे ।

    images

    राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, सिसाभित्र थियो, श्रीपेच । त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ ।

    मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खुकुरी राखेको सिसा फुटाए । सिसाले हात काट्यो । रगत बग्न थाल्यो तर, उनी रोकिएनन् ।

    त्यसपछि खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर अघि बढे । यसअघि सिसा फुटाएपनि उनले खुकुरी निकाल्न असफल भए थिए।

    अघि बढेर श्रीपेचको सोकेशमा प्रहार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो । काठमाडौंको म्हैपी बस्ने घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् ।

    २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चोर्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, हालसम्मको अनुसन्धानमा त्यस्तो कुनै योजनाबद्ध ढंगले घर्तीले श्रीपेच चोर्न खोजेको देखिएको छैन । प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।

    उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् ।

    परिवारले उनी मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ ।

    साथै, घर्तीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology