Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ९५३ जनामा काेराेना संक्रमण, १३७१ जिते कोरोना भाइरस

थप ९५३ जनामा काेराेना संक्रमण, १३७१ जिते कोरोना भाइरस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १७:२५:०२ बजे
  • 979
    SHARES
  • थप ९५३ जनामा काेराेना संक्रमण, १३७१ जिते कोरोना भाइरस

    नेपालमा शनिबार थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टीजेन परिक्षणका क्रममा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनााको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । २४ घन्टामा १ सय ३७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा १९ हजार ७ सय सक्रिय संक्रमित आइसाेलेन र २ सय ३७ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

    १ हजार ३७१ जनाले जिते कोरोना भाइरस

    नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका हुन् ।

    यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको सङ्ख्या सात लाख ५९ हजार ८७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन् । सो अवधिमा कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology