Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनसुन बाहिरिन सात दिन बाँकी

मनसुन बाहिरिन सात दिन बाँकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:४२:१९ बजे
  • 874
    SHARES
  • मनसुन बाहिरिन सात दिन बाँकी

    मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाले जनाएको छ ।

    images

    मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

    यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ ।

    यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्याङ्क छ ।

    मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएकाले स्थानीयबायु सक्रिय हुदाँ घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

    भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो ।

    भारी वर्षा हुने सम्भावना टरेको छ तर अझै मध्यभागमै न्युनचापीय रेखा रहेकाले सामान्य वर्षको सम्भावना कायमै रहेको प्रधानाङगले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # मनसुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology