पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८३ हजार २२१पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२६२ जना कोरोनामुक्त भए, ७ को मृत्यु कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २६२ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६२हजार ४१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४८२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ४२ हजार ९०२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।