Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा : चुडामणि शर्मामाथि मुद्दा १ अर्ब ३३ लाख : धरौटी मागियो ५० लाख

हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा : चुडामणि शर्मामाथि मुद्दा १ अर्ब ३३ लाख : धरौटी मागियो ५० लाख

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७८ सोमवार • १९:२७:१७ बजे
  • 1.4K
    SHARES
  • हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा : चुडामणि शर्मामाथि मुद्दा १ अर्ब ३३ लाख : धरौटी मागियो ५० लाख

    पोखरा । झण्डै साढे एक अर्ब रूपैयाँ कर छुट गरको मुद्दामा तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    images

     

    सोमबार विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले ५० लाख धरौटीमा शर्मालाई रिहा गर्ने आदेश दिएको हो ।

    अदालतको आदेशसँगै शर्माले धरौटी रकम बुझाउने तयारी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा चलाएको थियो ।

    शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक रहेका बेला कर फर्स्यौट आयोग गठन भएको थियो । र, उनी आयोगको सदस्य सचिवले करदातालाई एक अर्ब, ३३ लाख २० हजार ३८५ रूपैयाँ कर छुट दिएको अख्तियारले अनुसन्धानमा भेटाएको थियो ।

    २०७४ साउन १ गते पनि शर्मासहित आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।

    मुद्धा दर्ता भएको चार वर्षपछि विशेष अदालतले ५० लाख धरौटीमा रिहा गर्ने फैसला सुनाएको छ ।

    सोमबार विशेष अदालतमा उपस्थित भएर उनले बयान दिएका थिए ।

    बयानका क्रममा शर्माले आफूहरूले कानूनविपरीतको कुनै काम नगरेको दाबी पनि गरेका थिए ।

    न्युज २४ बाट साभार

  • सम्बन्धित विषय:

  • # चुडामणि शर्मा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology