Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ११५८ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृ त्यु

थप ११५८ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृ त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • १७:१९:३५ बजे
  • 988
    SHARES
  • थप ११५८ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृ त्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ४ जना र २ हजार ३३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८४ हजार ३७९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३१८ जना कोरोनामुक्त भए, १२ को मृत्यु कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१८ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ५६ हजार ९११ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको म त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology