गुल्मीको इस्मा गाउँपालिका-४ दोहलीमा चट्याङ लागेर नौ जना घा इ ते भएका छन् ।
बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।
तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ । तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए ।
चितुवाको छालासहित दुई जना प क्रा उ
गुल्मीमा चितुवाको छालासहित प्रहरीले दुई जनालाई प क्रा उ गरेको छ ।
छत्रकोट गाउँपालिका(३ को लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयका अनुसार चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका प्रहरीले दुई जनालाई प क्रा उ गरेको हो ।
लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले छत्रकोट गापालिका(२ भेडुवाका २७ वर्षीय सुमन खनाल र सोही ठाउँका ३१ वर्षीय हरिबहादुर सार्कीलाई चितुवाको छालासहित प क्रा उ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी वन डिभिजन बन कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।