Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वतमा १४ वर्षीया किशोरीलाई बे चबि खन गर्न लागेको आरोपमा एक युवक पक्राउ

पर्वतमा १४ वर्षीया किशोरीलाई बे चबि खन गर्न लागेको आरोपमा एक युवक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७८ शुक्रवार • १०:१९:०४ बजे
  • 1.9K
    SHARES
  • पर्वतमा १४ वर्षीया किशोरीलाई बे चबि खन गर्न लागेको आरोपमा एक युवक पक्राउ

    पर्वत । पर्वतमा १४ वर्षीया किशोरीलाई बे चबि खन गर्न लागेको आरोपमा एक युवक पक्राउ परेका छन्।

    images

     

    जिल्ला प्रहरी कार्यालय पर्वतले मोदी गाउँपालिका–५ का २४ वर्षीय सूर्यबहादुर भण्डारीलाई पक्राउ गरेको हो।

    कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार भण्डारीले ती किशोरीलाई प्रेमको नाटक गरी गत असोज ६ गते दिउँसो साढे १२ बजे मोबाइल किनिदिएर तथा अन्य प्रलोभनमा पारेर अभिभावकबाट छुट्टाई गाडीमा चढाएको पाइएको छ।

    भारत लैजान लागिएकी ती किशोरीलाई लागि नेपाल–भारत सिमाना मोरङको विराटनरस्थित रानी जोगबनी पुर्‍याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ।

    किशोरीका आफन्तले भण्डारीलाई पक्राउ गरिपाउँ भनी असोज १३ मा प्रहरीमा जाहेरी दर्ता गरेपछि आरोपितलाई असोज १४ गते कुश्मा नगरपालिका–६ शिवालय चोकबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

    उनीविरुद्ध मानव बे चबि खन तथा ओसारपसारमा मु द्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # मानव बेचबिखन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology