Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • १०:३४:२३ बजे
  • 838
    SHARES
  • बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

    सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् ।

    images

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पीडित परिवारलाई परिचयपत्र दिने भएको हो ।

    दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा सुर्खेतका ५६ व्यक्ति बेपत्ता भएको तथ्याङ्क छ ।

    पीडित परिवारलाई परिचयपत्र प्रदान गर्न आयोगका सदस्य विश्वप्रकाश भण्डारी नेतृत्वको टोली सुर्खेत जाँदैछ ।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर रानाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको सूचीमा नाम समावेश भएका पीडित परिवारलाई परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालयले परिचयपत्र लिन सूचित गर्दै बेपत्ता पारिएका व्यक्ति, उनीहरुका बाबुआमाको नाम, ठेगाना, बेपत्ता पारिएको स्थान र मितिसहितको विवरण सार्वजनिक गरेको छ ।रासस

  • सम्बन्धित विषय:

  • # परिचयपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology