Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बजार अनुगमन तीव्र

बजार अनुगमन तीव्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • ०९:४४:०६ बजे
  • 838
    SHARES
  • बजार अनुगमन तीव्र

    सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ ।

    images

    चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ ।

    यो वर्ष पनि त्यसैको निरन्तरता हो । विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुुगमन टोलीले नियमित रूपमा बजार अनुुगमन गरिरहेका छन् ।

    उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमलाई तीव्र पारिएको बताउनुभयो ।

    उहाँका अनुसार, डेढ सातादेखि दैनिक छवटा टोलीले बजार अनुगमन गरिरहेको छ ।

    जसमा पाँचवटा टोलीले यो बेला बढी खपत हुने खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुटाछुट्टै अनुगमन गरिरहेको छ भने एउटा टोली विभागमै उजुरी र गुनासो आउने बित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा रहन्छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # बजार अनुगमन तीव्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology