म्याग्दीको बेनी नगरपालिका र मंगला गाँउपालिका ३ र ४ वडा जोड्ने मोटरबाटो र गाेरेटाे बाटाे स्थानीयको सक्रियतामा मर्मत सम्भार गरिएको छ ।
मंगला गाँउपालिका ३ र ४ वडा बरंजाका स्थानीयको जनश्रमदानमा हिजो २४ श्रावण २०७७ का दिन अर्जेखोला (सान्तुङ्ग) देखी वडा कार्यलय सम्म मर्मत सम्भार गरिएको गतिशिल युवा क्लवका सचिवशुबास श्रेष्ठले जानकारी दिएका छन ।

वर्षायाममा अविरल वर्षाका कारण कच्ची मोटर बाटोमा विभिन्न ठाउँमा पहिरो खसेर बाटो पुरिनुको साथै भारी वर्षा हुँदा अाएकाे भलले मोटर बाटो कटानी गर्दा केहीसमय देखि गाडी चल्न सकेको छैन ।

स्थानीयले भारी वर्षाका कारणले मोटर बाटोमा झरेको पहिरो पन्छाउनु को साथै भलले कटानी गरेको मोटर बाटोलाई मर्मत सम्भार र सरसफाइ गरेको हो । सरोकारवाला कसैले पनि चासो नदेखाए पछि स्थानीयहरुको सक्रियतामा मोटर बाटो मर्मत सम्भार गरिएको शुबास श्रेष्ठले बताएका छन ।
अविरल वर्षाको कारण केही समय देखी खाद्यान्नका लागि ढुवानीका गाडी, बस, जीप समेत चलेकोछैन । गाउँमा उत्पादन भएका तरकारी, फलफुल, दुध लगायतका सामान बेनी नगरपालीका सम्मपुर्याउन पनि कठिन भएको स्थानीयको गुनासो छ ।