Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ८६७ जनामा काेराेना पुष्टि, ९ जनाकाे मृ त्यु

थप ८६७ जनामा काेराेना पुष्टि, ९ जनाकाे मृ त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • १७:४७:५९ बजे
  • 634
    SHARES
  • थप ८६७ जनामा काेराेना पुष्टि, ९ जनाकाे मृ त्यु

    नेपालमा २४ घन्टाको अवधिमा ८६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृ त्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ५ हजार ५९८ आरटी पिसिआर र २ हजार ६२१ एन्टिजेन गरी कुल ८ हजार २१९ जनामा परीक्षण गरिएकोमा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १७ हजार ६४२ जना संक्रिय संक्रमित छन् ।

    संक्रमितहरूमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा, १ हजार २७१ संस्थागत आइसोलेसनमा र २३९ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३५० जना र भेन्टिलेटरमा ११२ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार शनिबार देशभरबाट १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ । निको हुने दर ९६.४ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ ।

    योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology