Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अचानक पहिरो खस्दा पाल्पामा २ जनाको मृत्यु, पुरिए चार सवारी साधन

अचानक पहिरो खस्दा पाल्पामा २ जनाको मृत्यु, पुरिए चार सवारी साधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७७ सोमवार • १९:१६:५५ बजे
  • 4.8K
    SHARES
  • अचानक पहिरो खस्दा पाल्पामा २ जनाको मृत्यु, पुरिए  चार सवारी साधन

    बुटवल-गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका-११ सम्मवारीमा सोमबार दिउँसो ४ सवारी साधन पहिरोमा पुरिएका छन्। पहिरोमा सवारी पुरिँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    images

    एकजना व्यक्तिलाई गम्भीर अवस्थामा उद्दार गरिएको छ। मृतकहरुको पहिचान खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्दारमा खटिएका छन् । रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो।

    अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको घटनास्थलमा रहेका सुमन कुँवरले बताए। घटनास्थलका प्रत्यक्षदशीका अनुसार ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकले माटोले पुरिएका छन्। source : setopati

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology