Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ६७९ जनामा कोरोना पुष्टि, १४०५ जना कोरोनामुक्त

थप ६७९ जनामा कोरोना पुष्टि, १४०५ जना कोरोनामुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • १९:०६:३० बजे
  • 871
    SHARES
  • थप ६७९ जनामा कोरोना पुष्टि, १४०५ जना कोरोनामुक्त

    मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

     

    मन्त्रालयका अनुसार ७ हजार ७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ७४ जना र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८९ हजार २२६ पुगेको छ ।

     

    पछिल्लो २४ घण्टामा १४०५ जना कोरोनामुक्त भए, ७ को मृत्यु कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ९२० जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख १५ हजार ७२४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

     

    यसैगरी पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology