Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जुवातास खेलिरहेको अवस्थामा २९ जना प क्रा उ

जुवातास खेलिरहेको अवस्थामा २९ जना प क्रा उ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १३:४९:३५ बजे
  • 931
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा २९ जना प क्रा उ

    नजिकिँदो दशै तिहार जस्ता चाडबाडसँगै जुवातास खेल्नेहरु पनि बढेका छन् । यसरी जुवातास खेल्ने २९ जनालाई प्रहरीले प क्रा उ गरेको छ ।

    images

    काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुलबहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले प क्रा उ गरेको हो ।

    उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी प क्रा उ गरेको जनाएको छ ।

    त्यस्तै, कास्कीको पोखरा महानगरपालिका १९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले प क्रा उ गरेको छ ।

    उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी प क्रा उ गरेको हो ।

    यसैगरी कास्कीकै पोखरा महानगरपालिका १९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले प क्रा उ गरेको छ ।

    उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी प क्रा उ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # जुवातास खेलिरहेको
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology