पोखरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई प क्रा उ गरेको छ ।
पोखरा–१९ गैरीखोरस्थित रहेको बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले प क्रा उ गरेको छ ।
पुनको घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेका नौ जनालाई नगद ३४ हजार र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी पोखरा–१९ लामाचौरस्थित हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा नौ जनालाई समेत प्रहरीले प क्रा उ गरेको छ ।
प्रहरीले उनीहरुलाई नगद ४५ हजार र ३ बुक तास सहित पक्राउ गरेको हो ।पक्राउ परेका उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यातायातका विचौलिया प क्रा उ
यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । प क्रा उ पर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।
उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए ।तीनै जनालाई यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोसाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ ।
सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।