Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पारस शाहको निवासमा चोरी

पारस शाहको निवासमा चोरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १८:१९:१३ बजे
  • 808
    SHARES
  • पारस शाहको निवासमा चोरी

    पूर्वयुवराज पारस शाहको पोखराको लेकसाइडस्थित निवासमा चोरी भएको छ ।

    images

    बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले जनाएको छ ।

    पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् । प्रहरी अनुसन्धानमा गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ ।

    काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

    चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # शाहको निवासमा चोरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology