Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा १ हजार जना निको हुँदा १०३० संक्रमित थपिए

२४ घण्टामा १ हजार जना निको हुँदा १०३० संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १८:४५:२१ बजे
  • 1.7K
    SHARES
  • २४ घण्टामा १ हजार जना निको हुँदा १०३० संक्रमित थपिए

    २४ घण्टामा देशभर १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् ।

    images

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

    गण्डकीमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ७१७ जनामा गरिएको नमूना परीक्षणमा ११२ जनामा संक्रमण देखिएको हो ।

    संक्रमितमध्ये ६३ महिला ४९ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

    उनकाअनुसार कास्की ७०,बागलुङ ३, स्याङ्जा १२, म्याग्दी १, तनहुँ १० र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ९८८ पुगेको छ ।  गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा– २२ का ५६ वर्षीय पुरुष, कास्की माछापुच्छ्रे गाउँपालिका –४ का ६४ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका –५ का ७२ वर्षीय पुरुष, स्याङजा विरुवा– ७ का ४५ वर्षीय पुरुष र म्याग्दी धौलागिरि गाउँपालिका –३ का ७६ वर्षीय पुरुष रहेका छन् ।

    योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३७१ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ५५८ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ५९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology