Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज विश्व शिक्षक दिवस मनाइँदै

आज विश्व शिक्षक दिवस मनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ०८:२०:१० बजे
  • 1.0K
    SHARES
  • आज विश्व शिक्षक दिवस मनाइँदै

    आज ५ अक्टोबर अर्थात् विश्व शिक्षक दिवस । हरेक वर्ष आजको दिनलाई गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा मनाइने गरिन्छ ।

    images

    संयुक्त राष्ट्र संघको आह्वानमा सन १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन विश्व शिक्षक दिवस मनाइँदै आएको छ ।

    शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आइएको छ ।

    यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस संसारभर मनाइँदै छ ।

    विश्वका १०० देशले विश्व शिक्षक दिवस मनाउने गरेका छन् । नेपालमा असारको पूर्णिमामा मनाइने गुरू पूर्णिमालाई शिक्षकको सम्मान गर्ने गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षक दिवस मनाइँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology