Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चारवटा पाटेबाघको घेराबाट जोगिएकाको अनुभव:पुनर्जन्म पायौँ

चारवटा पाटेबाघको घेराबाट जोगिएकाको अनुभव:पुनर्जन्म पायौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ०८:२७:४६ बजे
  • 715
    SHARES
  • चारवटा पाटेबाघको घेराबाट जोगिएकाको अनुभव:पुनर्जन्म पायौँ

    बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन”, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो ।

    images

    बाघको मुखबाट बाँचेर घर फर्केकी खड्काले भोलिपल्ट बाघको डरले घरबाट बाहिर निस्कन नसकेको बताए ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्तीनजिकैको जङ्गलमा भैँसी, बाख्रा चराउन गएको बेला चारवटा पाटेबाघको घेरामा परेका थिए ।

    “चारवटा पाटेबाघले घेरेपछि ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, डेढ घण्टासम्म रूखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौँ”, खड्कासँगै बाघको घेरामा परेका सेतु ओलीले भने ।

    उनले उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको अनुभव व्यक्त गरे । बाघबाट जोगिन तीनवटा रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले नेपाली सेनाले उद्धार गरेको थियो ।

    ज्यान जोगाउन रुखमा चढ्दा बाघले आफूूहरूलाई झम्टिन नसकेपछि बाख्रा र भैँसीलाई लखेट्दै तितरबितर पारेका थिए । बाघले रुखवरिपरि घेरा हालेर दाह्रा र नङ्ग्रा ठीक पारेको अवस्था निकै पीडादायी रहेको हीरा खड्काले बताइन् ।

    खड्काले त्यो क्षण सझिइन् “भैँसी र बाख्रा चरिरहेका थिए, हामीहरू बसेर गफ गरिरहेका थियौँ,एक्कासि भैँसी र बाख्रा दौडिन थाले ।

    हेर्दा त चारवटा पाटेबाघ नजिकै आइसकेका थिए, ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, रुखमा बसेर कराउन, चिच्याउन थाल्यौँ, बाघ हामीलाई घेरा हालेर भुइँमा बसे । अनि हाम्रो त सातोपुल्तो गइहाल्यो नि

  • सम्बन्धित विषय:

  • # चारवटा पाटेबाघ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology