Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा पूर्वसांसद इच्छाराज तामाङ सुन्धाराबाट पक्राउ

४६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा पूर्वसांसद इच्छाराज तामाङ सुन्धाराबाट पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ११:२०:५१ बजे
  • 1.3K
    SHARES
  • ४६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा पूर्वसांसद इच्छाराज तामाङ सुन्धाराबाट पक्राउ

    व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ परेका छन् ।

    images

    सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीसहित अन्यलाई पक्राउ गरेको हो ।

    सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङविरुद्ध सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ।

    त्यहीँ अभियोगमा उनी पक्रा परेको बताइएको छ । सोमबार उनी सुन्धारा क्षेत्रबाट पक्राउ परेको सिआइबीले जनाएको छ ।

    अध्यक्ष तामाङसहित अन्यविरुद्ध निक्षेपकर्ताहरूले दिएको उजुरीका आधामा सोमबार ब्युरोबाट खटिएको टोलीले उनीसहित सहकारीका अन्य व्यक्तिलाई पक्रा गरेको बताइएको छ ।

    अध्यक्ष तामाङ विरुद्ध ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology